{AG}dis
२३ चैत काठमाडौं । पूर्वान्चल ल्युब आयल प्रालिले अन्तर्राष्ट्रिय गुणस्तरका ग्रीज बजार माल्याएको छ । बजारमा बिक्री सुरु गरेको पिएलओका उत्पादनहरुमा माएपी ३ (हबग्रीज), एमपी ३ -मल्टिप्रपोजग्रीज), अटोटच ग्रीज, र शिखर ग्रीज-शटर ग्रीज) रहेका छन् ।
नेपाली लुब्रीकेन्टसमध्ये १ नम्बरमा रहेको पिएलओले नेपाली उत्पादन प्रयोगका लागि आब्हान गर्दै सर्बसाधारणहरु माझ आफ्नो उत्पादनको गुणस्तर अन्तर्राष्ट्रियभन्दा कम नरहेको दाबी गरेको छ ।
१२ बर्ष पहिलेबाट मोरङको बिराटचोकमा उत्पादन युनिट राखी ग्रीजको उत्पादन सुरु गरेको पिएलओले नेपाली ग्रीज बजारमा ३० प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ भने पुरै लुबि्रकेन्टस बिक्रीमा ८ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ । नेपाली उत्पादनमा सबैभन्दा बढी बिक्रीहुने पिएलओे लुबि्रकेन्टस नेपालका जुनसुकै स्थानमा पनि उपलब्ध रहेको कम्पनीका प्रबन्ध निर्देशक भोला दुलालले बताए ।
कम्पनीका अन्य उत्पादनहरुमा इन्ड्रस्टि्रयल तथा अटोमोबाएलमा प्रयोग हुने सबै किसिमका लुबि्रकेन्टस उत्पादन गरिरहेको छ । पूर्वान्चल ल्युब आयल प्रालिले स्टार र पिएलओ दुई ब्राण्डमा लुबि्रकेन्टस उत्पादनगर्दै आइरहेको छ । नेपाल भरमा ८६ वटा डिस्टि्रब्युटर रहेको कम्पनीका ५ हजार रिटेलर छन् ।
२ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको यस कम्पनीले आफ्नो उधोगमा प्रयोग हुने कच्चापदार्थ बेस आयलमा सरकारले १५ प्रतिशत भन्सार लगाइरहेकोमा अन्तर्राष्ट्रिय मान्यताअनुसार १ प्रतिशत मात्र हुनुपर्ने माग गर्दै आएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/04/184977/#sthash.pX2brQ2a.dpuf
We distribute our latest new STAR BRAND lubricants through our distributor in all over Nepal. We try to give you cheap in price and best in quality lubricants from our new brand. The STAR brand is home-land Lubricants.
Please read the message from MD