वि.स. २०५८ साल भाद्र २३ गते विधिवत रुपमा उद्घाटन भएको यस पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.ले PLO र STAR ब्राण्डका दुई लुब्रिकेन्ट्स नेपालको पुर्वी क्षेत्रमा पर्ने मोरङ जिल्ला, ईन्द्रपुर गा.वि.स.को सुन्दर नगर विराटचौक बाट उत्पादन गर्दै आईरहेको जानकारी गराउन पाउदा अत्यन्तै खुसी लागेको छ । यस प्रा.लि.लाई २०६२ सालमा ISO 9001:2000 र २०६९ सालमा ISO 9001:2008 को Certificate समेत प्राप्त भई सकेको छ । यस प्रा.लि.को मुख्य उद्धेश्य नेपालमा प्रयोग हुने Lubricants मा ८५% हिस्सा बिदेशी कम्पनीहरुले लिईरहेको परिप्रेक्ष्यमा यसको उत्पादन सुरु भए देखि आज सम्म आइपुग्दा नेपाली ब्राण्ड प्रतिको आम उपभोक्तामा विश्वास बढ्न गई हाल स्वदेशी उत्पादनको हिस्सा ३२% पुगेको छ । जो हाम्रो राष्ट्रको गौरवको विषय हो भने नेपाली ब्राण्ड प्रयोग कर्ताहरुलाई यसमा प्रयोग हुने Base Oil र Additives तथा Grease मा प्रयोग हुने HCO, Lithium, VI जस्ता कच्चा पदार्थ विश्व प्रशिद्ध ब्राण्डहरुले मात्र प्रयोग गर्ने गरेको र Quality मा कुनै पनि Compromise नगरेको जानकारी गर्दछौं ।साथै यस कम्पनीको विगत देखि हालसम्मको ३ वर्षको उत्पादन, र बिक्रीलाई Bar Diagram चार्ट द्धारा यस प्रकार प्रस्तुत गरिएको छ ।
ग्राहकहरुका अपेक्षलाई पुरा गर्नु । नैतिक रुपमा संचालन हुदै व्यवसायिक नैतिक कोड अनुरुप सिस्टममा रहेर काम गर्नु । देशको सामाजीक आर्थिक विकासका लागि टेवा पु¥याउनु । सहकार्यको प्रविधि कार्यन्वयन गरि इमान्दारीता र बफादारीताको माध्यबाट सफलता प्राप्त गर्नु नेपालको प्रमुख लुब्रिकेन्ट्स कम्पनी भई कार्य गर्नु र नं. १ नेपाली ब्राण्ड भई स्थापित हुनु ।
२१औं शताब्दीको यस युगमा पि.एल.ओ.ग्रुपले विभिन्न प्रकारका उत्पादन र सेवाहरु आफ्ना ग्राहकहरुलाई नेपाल भरि नै प्रदान गरिरहेको छ । पुर्वान्चल ल्यूव आयल प्रा.लि.ले विभिन्न प्रकारका लुब्रिकेन्ट्स आयल र ग्रिजहरु सवारी साधन र औधोगिक ग्रेड अनुसार उत्पादन गर्दछ । यस संगठनले प्रभावकारी प्रविधि र दक्ष कार्यन्वयन पद्धती अपनाउदै गएर आफ्ना ग्राहकहरुलाई सेवा दिदै जानु मात्र हैन यो संगठन आफै सामाजीक विकासका लागि सक्रिय भएर लागिपरिरहेको छ ।
यस कम्पनीले खोज तथा अनुसन्धान गर्ने योजना बनाएको छ, जसले ग्राहकहरुको वास्तविक आवश्यकता अनुसारको सेवा र उत्पादन गर्ने र ग्राहकहरुको सन्तुष्टिलाई पुरा गर्नेछ । यस कम्पनीको तालिम तथा विकासको माध्यमले यसमा आबद्ध मानव संसाधनलाईृ परिचालन गरि सांगठनिक तथा व्यक्तिगत योजना बनाएको छ । यस कम्पनीले आफ्नो उत्पादनहरु विदेशमा निर्यात गर्ने योजना बनाएको छ ।
Sales Quality - 2069/70 Upto Chaitra
Production Quality - 2069/70 Upto Chaitra