Bhola Dulal
Managing Director

प्रबन्ध निर्देशक को भनाइ

आदरणीय उपभोक्ता माहानुभावहरु,

तपाईहरुले हामीले उत्पादन गरेको ग्रिज तथा लुब्रिकेन्ट्स प्रयोग गरि यस उद्योगलाई यहाँ सम्म पु¥याउन गर्नु भएको सहयोग प्रति आभार प्रकट गर्दछु । साथै आगामी दिनमा अझ बढी प्रयोग गरि सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । यस उद्योगले उत्पादन गरेको केही ग्रेड जस्तै 20W/50, 20W/40, 15W/40, AP3 / MP Grease विश्व प्रसिद्ध ब्राण्डहरु भन्दा कमि नभएको विश्वास दिलाउन चाहान्छु । हामी सधै हाम्रा उत्पादनहरुलाई प्रतिस्पर्धी ब्राण्ड स“ग compare गरेर अगाडी बढेका कारण आज दुई हजार किलो लिटर बिक्री गरि नेपाली उद्योगहरुमा पहिलो स्थानमा पुगेका छौं भने आगामी १० वर्ष भित्रमा नेपालकै नं. १ ब्राण्ड तथा पहिलो बजार ओगट्ने लक्ष्यका साथ अगाडी बढेका छौं । यसमा तपाई उपभोक्ता, नेपाली ब्राण्ड हाम्रो ब्राण्ड हो भनि नेपाल भुमिलाई माया गर्ने तमाम रिटेलर व्यावसायी साथीहरु, हाम्रो गौरव, हाम्रो पन, हाम्रो स्वदेशी उत्पादन भनी छाती फुलाएर प्रयोग गर्न हौस्याउने प्रिय मेकानिक दाजुभाईहरु, कर्ममा विश्वास गर्ने हाम्रा सम्पुर्ण डिलर तथा सवडिलर दाजुभाईहरु, निष्ठावान आफ्नो पेशा प्रति इमान्दार मेरा कर्मचारी साथीहरु, नेपाली ब्राण्डलाई सहयोग गर्नुपर्छ भनेर सधैभरि कलम चलाउने पत्रकार साथीहरु सबैले पु¥याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै सबै प्रति आभार प्रकट गर्दछु । यसै गरि सहयोग, सद्भाब र हौसला मिलोस, सकारात्मक सोच सधैभरी रहोस भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु ।

धन्यवाद

भोला दुलाल
प्रबन्ध निर्देशक
पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.